काठमाडौं, माघ ९ । पहिलो संविधानसभाबाट संविधान निर्माण अनिश्चितसँगै बढेको राजनीतिक उथलपुथलले देशैभरी जातीय र आपराधिक समूह सल्बलाए । ‘जनप्रतिनिधिको जनतासँग विश्वास गुमेको’ भन्दै ०६७ जेठ २३ गते जनकपुरमा नयाँ सशस्त्र समूह गठन गरियो । मधेस–पहाडका ६ जिल्लामा हिंसात्मक गतिनिधि मच्चाउने संगठनको महासचिव र प्रवक्ता बने विजय थापा अर्थात् शिवा । ओखलढुंगाको सिसनरी ४ का…