Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सुनकाण्डको मुद्दासँग जोडिएका पाँच न्यायाधीश कारवाहीमा !


0
Shares

                       प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

काठमाडौं, माघ ४ । प्रप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी काण्डमा निर्णय दिने पाँच न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका छन् ।

उच्च अदालत विराटनगरका यी न्यायाधीशले शुक्रबारदेखि न्याय सम्पादनको काम गर्न पाउने छैनन् । उनीहरुलाई न्याय परिषदमा हाजिर गराइएको छ ।

सुन तस्करीको मुद्दासँग जोडिएका उच्च अदालतका न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरवहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई परिषदमा तानिएको हो । -अन्नपूर्ण पोस्ट दैनिकबाट