काठमाडौं । अक्सिजन अभावले बुधबार एकैदिन रुपन्देहीमा ९ र बाँकेमा ६ बिरामीले ज्यान गुमाएका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच, भैरहवास्थित भीम अस्पतालमा चार र नेपालगन्जस्थित भेरी अस्पतालमा ६ जनाको मृत्यु भएको हो । समयमा अक्सिजन आपूर्ति नहँदा आइसियूमा उपचाररत चारजना पुरुष र एक महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । त्यस्तै, भीम…