काठमाडौं । अक्सिजन अभावले बुधबार एकैदिन रुपन्देहीमा ९ र बाँकेमा ६ बिरामीले ज्यान गुमाएका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच, भैरहवास्थित भीम अस्पतालमा चार र नेपालगन्जस्थित भेरी अस्पतालमा ६ जनाको मृत्यु भएको हो ।
समयमा अक्सिजन आपूर्ति नहँदा आइसियूमा उपचाररत चारजना पुरुष र एक महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । त्यस्तै, भीम अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको अक्सिजन अभावमा ज्यान गएको स्रोतको बताएको छ ।
रुपन्देहीका पाँचवटा कोभिड अस्पतालमा दैनिक दुई हजार एक सय ५० सिलिन्डर अक्सिजन माग छ । तर, आपूर्ति एक हजार एक सय सिलिन्डर मात्रै भइरहेको छ । माग र आपूर्तिमा तालमेल नमिल्दा समस्या आएको जिल्ला जनस्वास्थ्य प्रशासक राजेन्द्र गिरीले बताए । रुपन्देहीमा तीनवटा अक्सिजन उद्योग छन् ।
बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले अक्सिजनको अभावमा ज्यान गुमाएको थाहा भएसँगै डिसिसिएमसीले हेलिकोप्टरबाट भए पनि अक्सिजन ल्याउने निर्णय गरेको बताए । ‘हामी मिटिङमै थियौँ । अक्सिजन अभावमा बिरामी मरेको जानकारी पाएपछि केन्द्र, प्रदेश र स्थानीय सरकार सबैसँग समन्वय गरेर हेलिकोप्टरमा सिमरा र चितवनबाट ४० सिलिन्डर अक्सिजन ल्याइएको छ । र, ती सिलिन्डर लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवास्थित भीम अस्पताललाई दिइएको छ,’ उनले भने ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबारबाट अक्सिजन सहज बनाउने तयारी भइरहेको बताए । पहिलो चरणमा लुम्बिनी प्रादेशिक र मेडिकल कलेज भैरहवामा रहेको अक्सिजन प्लान्टलाई मर्मत गरी नियमित बनाउने, भारतबाट लिक्विड अक्सिजन ल्याउने तथा स्थानीय उद्योगहरूबाट उत्पादित अक्सिजन सहज वितरण गर्ने निर्णय भएको उनले बताए । काठमाडौं ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबारबाट अक्सिजन सहज बनाउने तयारी भइरहेको बताए । पहिलो चरणमा लुम्बिनी प्रादेशिक र मेडिकल कलेज भैरहवामा रहेको अक्सिजन प्लान्टलाई मर्मत गरी नियमित बनाउने, भारतबाट लिक्विड अक्सिजन ल्याउने तथा स्थानीय उद्योगहरूबाट उत्पादित अक्सिजन सहज वितरण गर्ने निर्णय भएको उनले बताए । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्