काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालेर महाकालीमा बेपत्ता भएका व्यास गाउँपालिका २ मालगाउँका जयसिंह धामीको ड्रोन क्यामेराबाट महाकाली नदीमा खोजी गरिने भएको छ । सीमा नदीमाथि ड्रोन उडाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाका डिएम कार्यालयलाई पत्राचार गरेको छ । गत १५ साउनमा जिल्ला सदरमुकाम खंलगा आउन तुइन तर्दै गर्दा…