काठमाडौं । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृहकार्य अघि बढाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले विधेयकप्रति सकारात्मक देखिएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकप्रति आफूहरु सकारात्मक रहेको बताउनुभएको छ । यद्यपी उहाँले सरकारले लामो बहस र छलफल भएको विधेयकलाई छोडेर फरक ढंगले विधेयक ल्याउने…