Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


हतियार खरिदमा अर्बको कमिसन खेल


4.2k
Shares

काठमाडौं । नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ। इटालीको बेर्रेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो। सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा बनेका हतियार अलि महँगो हुने भन्दै बेर्रेटाबाट ल्याउन लागिएको हो।

बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल खरिद गर्न लागिएको हो। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ। यो लागत मूल्यभन्दा झन्डै चार गुणा बढी हो। १२ बोरका बन्दुक चलाउन नेपाल प्रहरीले १० वर्षअघि नै बन्द गरेको भए पनि सोही खालको हतियार ५० हजार केजी बुक गरिएको हो।

‘सरकारले निर्णय गरेपछि बिहीबार इटालियन कम्पनी बेर्रेटासँग हतियार बुक गरिएको छ,’ स्रोतले भन्यो, ‘यो लागत मूल्यभन्दा धेरै बढी हो। यसमा नेपाली बिचौलियाहरूको हात छ।’ स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र हालै अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको चासोमा नेपालबाट व्यापारी दीपक भट्टको इन्फिनिटी होल्डिङ्स र त्यसअन्तर्गत रहेको अर्को एक कम्पनीले हतियार खरिदका लागि मध्यस्थता गरिरहेको छ। ‘राजनीतिक रुचि र चासोबिना हतियार खरिद सम्भव छैन। यसमा प्रधानमन्त्री देउवा र पूर्वअर्थमन्त्री शर्माको सबैभन्दा बढी रुचि रहेको देखियो,’ गृह मन्त्रालयका एक अधिकारीले भने। हतियार खरिदका लागि भट्टले प्रधानमन्त्री र अर्थमन्त्रीलाई मनाएर बजेट हाल्न लगाएको स्रोतको भनाइ छ।

यो समाचार आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।