काठमाडौं । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता विधेयक पारित गराउनका लागि गृहकार्य अघि बढाउँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले विधेयकप्रति सकारात्मक देखिएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयकप्रति आफूहरु सकारात्मक रहेको बताउनुभएको छ । यद्यपी उहाँले सरकारले लामो बहस र छलफल भएको विधेयकलाई छोडेर फरक ढंगले विधेयक ल्याउने परिपाटी गलत भएको बताउनुभयो ।
यहाँले नेपालीसँग विवाह गरेर आउनलाई नागरिकता दिन सात वर्ष प्रावधान राख्नुपर्ने एमालेको धारणा रहेको बताउनुभयो । गैरआवासीय नागरिकलाई नागरिकता दिने विषय आफूले नै समावेश गराएको दाबी गर्दै भट्टराईले भन्न्ुभयो, हामी लामो समयसम्म अल्झिएर रहेको नागरिकता विधेयकलाई पारित गर्ने पक्षमा छौं ।
नागरिकताविहीन नेपालीलाई नागरिकता प्रदान गर्ने मुख्य उद्देश्यसहित संसद्मा विधाराधीन विधेयक पारित गराउन सरकारले सहमति जुटाउने कार्य सुरू गरेको हो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्