काठमाडौं । नेपाल समाजवादी पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै लगानीमैत्री वातावरण निर्माण गरी वार्षिक ५ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने जनाएको छ । आइतबार काठमाडौंमा आफ्नो घोषणपत्र सार्वजनिक गर्दै सो पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रोजगारीसहितको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उच्च लगानी र त्यसको निरन्तरता जरुरी हुने भएकाले स्वास्थ्य, शिक्षासहित लगानीमैत्री वातावरण…