Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


नेपालले अनुकूलन र क्षतिपूर्तिको मुद्दा उठाउने


65
Shares

ललितपुर । जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७ औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० देखि मंसिर २ गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो । खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ ।

वातावरण पत्रकार समूहद्वारा ‘कोप–२७’ बारे शुक्रबार आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्माले सम्मेलनमा उठाउने विषयबारे सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

जलवायु परिवर्तनका कारण हुने अतिवृष्टिबाट उत्पन्न समस्याको प्रभाव मुलुकका ठूला भूभाग र जनसङ्ख्यामा देखिन थालेकाले सम्मेलनमा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठानुपर्ने देखिएको उहाँले स्पष्ट पार्नुभयो ।

स्वच्छ ऊर्जा नेपालका निर्देशक मञ्जित ढकालले कार्बन उत्सर्जन घटाई पृथ्वीको तापमानलाई बढ्न नदिन अपनाइने उपाय, विकासोन्मुख राष्ट्रहरूलाई आर्थिक सहयोग कसरी उपलब्ध गराउने तथा वातावरण प्रभावकै कारण ठूलो क्षति हुन नदिन के गर्ने भन्नेबारे ‘कोप–२७’ केन्द्रित हुने बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।