जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले सिंजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिंजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेको हो। तत्कालीन ३० वटा गाविसका लागि सदरमुकाम खलंगामा नापी र मालपोत कार्यालय राखिएको थियो। ती कार्यालय…