काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीलाई उम्मेदवार नबनाउन आग्रह गरेको छ । आयोगको प्रदेश–१ शाखा कार्यालय खोटाङले विज्ञप्ति जारी गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरूलाई पत्राचार गर्दै यस्तो आग्रह गरेको हो । निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा…