काठमाडौं । नेकपा (एमाले)ले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मंगलबार पार्टीका नेताहरूले बुझाएको सुझावपत्र ग्रहण गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिनुभयो । संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई असर नपर्ने गरी घोषणा पत्र आउने उहाँको भनाइ छ । विगतमा गरेका कामको समीक्षा गर्दै एमालेले अब गर्ने…