काठमाडाैं। काठमाडौंको नागार्जुन नगरपालिका-६, रामकोट क्षेत्रमा पछिल्लो समय भूमाफियाहरुको गतिविधि तीव्र बन्दै गएको छ। सार्वजनिक जग्गा र राजकुलो समेत मिचेर भू–माफियाहरुले सडक बनाएको स्थानीयहरुले आरोप लगाएका हुन् । स्थानीयहरु सार्वजनिक जग्गा हडप्ने धन्दामा रोक लगाउन माग गर्दै नियामक निकायमा धाइरहे पनि सुनुवाई भने हुन सकेको छैन। काठमाडौंको रामकोट क्षेत्रको यो घट्ना जनप्रतिनिधि र प्रशासनले हस्तक्षेप…