Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


मुगुमा ४ दशमलव ० म्याग्निच्यूडको भूकम्प

काठमाडौं । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार बिहान २ बजेर २२ मिनेट जाँदा ४ दशमलव ० म्याग्निच्यूडको भूकम्प गएको जनाएकाे हाे । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महशुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त नभएकाे जनाइएकाे छ ।