बागलुङ, भदौ २५ । ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ताको खोजीकार्य जारी रहेको बताउनुभयो । 'खोलाको बहाव पनि घट्दै गएकाले अब थप सहज हुन्छ । खोजीकार्य अहिल्यै रोकिन्न'-उहाँले भन्नुभयो…