Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


चार ठाउँमा पहिरो गएपछि नारायणगढ मुग्लिङ सडक अवरुद्ध

चितवन । नारायणगढ मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो पहिरो खसेको छ । अबिरल बर्षासँगै आएको पहिरो हटाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।