काठमाडौं, कात्तिक १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यही कात्तिक २१ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्ण पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिनुभएको छ । बैठकमा महाधिवेशन कार्यतालिका पुनः संशोधन गर्ने मुख्य एजेन्डा रहेको बुझिएको छ…