काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरूले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरूलाई सचेत गराएका छन् । पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति जनाए । नेपाल कानुन समाजले काठमाडौंमा गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरूलाई आग्रह गर्नुभयो । उहाँले संविधानलाई कसैले पनि गम्भीरतापूर्वक…