काठमाडौं, पुष २ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले ८ महिनाभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भएको छ । मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारी समेत दिनुभयो । शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा संचालक संघ, नेपालको २१ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले व्यवसायीहरुको योगदानकै कारण…