काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यकृया सफल भएको छ । गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा. जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईलेको ९ घण्टा लगाएर गरिएको शल्यकृया सफलतापूर्वक सम्पन्न भएको हो । म्याग्दी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर…