काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आवश्यक एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा राखि कार्यान्वयनमा आएको बताउनुभएको हो । योसँगै राष्ट्रिय…