दैलेख । यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भयो । त्यसभन्दा अगाडि दुई जना बालबालिकाको जन्म भयो तर ती तिनै जना बालबालिकाले लगाउनुपर्ने क्षयरोगविरुद्धको बिसिजी खोप लगाएनन् । उनीहरू मात्र होइन, राउटे समुदायका कुनै पनि सदस्यले सरकारले निर्धारण गरेका खोप लगाउनै मान्दैनन् । सरकारले १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको…