काठमाडौं । समाजप्रतिको उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित काठमाडौंको नयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा बिहान ९ बजेबाट निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो । वरिष्ठ अर्थोपेडिक शल्य चिकित्सक एवं नेपाल अर्थोपेडिक्स अस्पताल जोरपाटीका निर्देशक डा. कैलाशकुमार भण्डारीको अगुवाईमा शिविर सञ्चालन गरिएको हो । शिविर सञ्चालनसम्बन्धी जानकारी…