काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयका ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले स्वास्थ्यमन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको हो । मन्त्री चौरसियाले दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको विषयमा स्वास्थ्यमन्त्रीले प्रष्ट पार्नुपर्ने बताउनुभयो ।…