काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले ब्लड बैंकमा रगतको मौज्दात सकिएको जनाउँदै रक्तदान गर्न सर्वसाधारणलाई विशेष आग्रह गरेको छ। बडादसैँको बिदापछि केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम घटेको र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढेको हुँदा मौज्दात सकिएको रेडक्रसले जनाएको छ। रेडक्रसले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका…