Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


एमाले–माओवादीको झडपमा घाइते भएका खनाललाई काठमाडौं लगियो

मालारानी गाउँपालिका वडा नम्बर–३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्ररुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तिकारीका नेता नारायण खनाल घाइते भएका थिए । घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । रासस