स्थानीय तह पुनःसरचना आफ्नो अनुकूल नभएको भन्दै उनीहरुले विरोधस्वरुप मतदान गरेका छैनन् । नेचा–सल्याङ–६ तिङ्लाका पाँचओटै मतदान केन्द्रमा खटिएका कर्मचारीले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतपेटिका राखेर मतदान प्रक्रिया अगाडि बढाएपनि सो समयभित्र मतदानका लागि केन्द्रमा कोही पनि नआएको निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । नेचा–सल्याङ गाउँपालिका–६ तिङ्लामा दुई हजार ४७६ मतदाता रहेका…