महोत्तरी, साउन ३ । शनिबार रातिदेखि आइतबार साँझसम्म अविरल मुसलेधार पानी परेपछि महोत्तरी जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा बाढी आएको छ । लगातारको भीषण वर्षासँगै जिल्लाको रातु, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी र मरहा नदीमा बाढी आएको स्थानीयले बताएका छन् । विभिन्न नदीमा आएको बाढीको खबरले जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित विभिन्न जिम्मेवार निकाय पनि…