डा. केसीको अनशनप्रति मधेसी चिकित्सक सङ्घको असहमति « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


डा. केसीको अनशनप्रति मधेसी चिकित्सक सङ्घको असहमति


0
Shares

काठमाडौं, साउन ३ । स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न माग राखी सुरु भएको डा. गोविन्द केसीको अनशनप्रति मधेसी चिकित्सक सङ्घले असहमति जनाएको छ ।

सङ्घका अध्यक्ष डा सञ्जीव झाले सोमबार विज्ञप्ति जारी गरी डा. केसीले स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विषयका साथै राजनीतिक माग समेत राखेको भन्दै त्यसप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

डा. केसी स्वास्थ्य तथा चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा विगतमा सरकारसँग भएका सम्झौताको कार्यान्वयन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग समेत राखेर विगत नौ दिनदेखि आमरण अनशनमा छन् ।

‘डा केसीले चिकित्सा क्षेत्रको सुधारको मागको आवरणमा पटक–पटक अनशन बसिरहँदा र राज्यलाई अवाञ्छित दबाब दिइरहँदा मुलुकको स्वास्थ्य क्षेत्र बदनाम, प्रतिष्ठाहीन र धराशायी बन्दै गएको निष्कर्ष यस संस्थाको रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सरोकार नभएका क्षेत्र समेतलाई मुछि समग्र राज्य व्यवस्थालाई बन्धक बनाउने प्रकृतिका माग राखी सुरु गरिएको अनशनप्रति सङ्घले असहमति जनाएको छ । डा केसीको अनशनप्रति स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्र पक्ष र विपक्षमा विभाजित बन्दै गएको छ । (रासस)