काठमाडौं, साउन १२ । सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले न्यायाधीशका लागि न्यायपरिषद्ले सिफारिस गरेका ११ जनामध्ये ६ जनाको सुनुवाइ बुधबार सुरु गरेको हो । सिफारिसमा परेका दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ भइरहेको छ । यसअघि…