Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


राप्ती नदीको जोखिममा रहेका ४ सय १ लाई सेनाको हेलिकोप्टरबाट उद्धार


0
Shares

नेपालगञ्ज, साउन १२ । राप्ती नदीमा आएको बाढी खतराको संकेतभन्दा माथि पुगेपछि जोखिमपूर्ण अबस्थामा रहेका बाँकेको गंगापुर गाविसको चौफेरी वडा नम्बर–४ का ४ सय १ जनालाई नेपाली सेनाले हेलिकोप्टर मार्फत हिजो दिनभरीमा उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

जसमा बालबालिका १ सय ९२, महिला १ सय २६ र पुरुष ८३ जना छन् । यस्तै चौफेरी–३ मा फसेका थप सय जनाको भने अझै उद्धार हुन सकेको छैन ।

मंगलबार उद्धार हुन नसकेका उनीहरुलाई नेपाली सेनाले आज उद्धारको प्रयास गरिरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले राप्तीमा पानीको सतह निरन्तर बढेको सूचना प्राप्त हुनासाथ उद्धार गर्न सुरु गरिएकाले बाढी अहिलेसम्मकै उच्च विन्दूमा पुग्दा पनि कुनै मानवीय क्षति हुन नपाएको जानकारी दिए ।

मंगलबार राति राप्ती नदीमा पानीको सतह बढेर हालसम्मकै उच्च ८ दशमलब १५ मिटर पुगेको थियो । आज घटेर ६ मिटरमा पुगेको छ । बाढीले बाँकेको घरबारी टोल, गणेशपुर, सेतु बिक चोक, न्यूरोड, बसपार्क क्षेत्र डुवानमा परेका थिए ।

 

Skip This