१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पर्वतमा कपास उद्योग पहिरोले पुरियो, एक जनाको मृत्यु


0
Shares

पर्वत, साउन १२ । पर्वतको माझफाँट गाविस–३ वारीवेनीमा कालीगण्डकीको तिरमा रहेको एक कपास उद्योग पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ ।

घटनामा आठ जना घाइते भएका छन् । धौलागिरी कपास उद्योग पहिरोले पुरिँदा उद्योगभित्र रहेकी अंकिता तामाङको मृत्यु भएको हो ।

घाइते अवस्थामा उद्धार गरिएको उनलाई थप उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । सात जना मजदुर र सञ्चालक घाइते भएका हुन् ।

पुराना कपडालाई प्रयोग गरेर सिरक, डसनालगायत बनाउँदै आएको उद्योगमा रहेका सबै औजार, उपकरण र कच्चा पदार्थ नष्ट भएको छ ।

यसैबीच बेनीको कालीपुल हुँदै मल्लाज जाने पदमार्ग पहिरोका कारण अबरुद्ध भएको छ ।