काठमाडौं, असोज १९ । दसैंको मुख्यदिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भइ उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिनेक्रम बढेको छ । असोज १५ गते घटस्थापनापछि १० हजारभन्दा बढी सवारी–साधनमा १० लाख यात्रु उपत्यकाका पाँचओटा नाकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले राससलाई जानकारी दिए । ‘थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा…