Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


भ्यानको ठक्करबाट दुई वर्षीय बालकको ज्यान गयो


0
Shares

इनरुवा, असोज १९ । पिकप भ्यानको ठक्करबाट दुई वर्षीय बालकको बुधबार सुनसरीमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय दु्ई वर्षीय महादेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१च ७१५६ नम्बरको पिकअप भ्यानले पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सुनसरीको लौकही–६ मा ठक्कर दिँदा गम्भीर अवस्थामा घाइते भएका बालकको उपचारकाक्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । रासस