३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । सोमवार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताउनुभयो । अर्थमन्त्री पौडेलले राम्रो…