उपेन्द्र खनाल/ईमेज:तनहु, जेठ २१ । स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसक्दा तनहुँमा स्थानीय तहले अपेक्षा अनुसार काम गर्न सकेका छैनन् । चुनावी समयमा गरेका प्रतिबद्धता र आश्वासन अनुसार काम गर्न नसकेको भन्दै स्थानीयले गुनासो गर्न सुरु गरेका छन् । अनेक नाराबाजी र दर्जनौँ वाचा गरी जनतालाई पक्षमा लिएका जनप्रतिनिधिले सोही अनुरुपको काम गर्न नसकेपछि…