आधा घन्टाकै झरीले काठमाडौंका सडक जलमग्न, ढलको गन्ध ‘खपिनसक्नु’(भिडियो) • Image Khabar Image Khabar


आधा घन्टाकै झरीले काठमाडौंका सडक जलमग्न, ढलको गन्ध ‘खपिनसक्नु’(भिडियो)


Imagekhabar
२० जेष्ठ २०७५, आईतवार १९:३१

आधा घन्टाकै झरीले काठमाडौंका सडक जलमग्न, ढलको गन्ध ‘खपिनसक्नु’(भिडियो)

काठमाडौं, जेठ २० । काठमाडौंमा आइतबार दिउँसो एक्कासी मुसलधारे बर्षा भयो । दिउँसो १ बजेपछि करीब आधा घण्टा परेको पानीले राजधानी जलमग्न बन्यो ।

ढलबाट बर्षाको पानी बगेर जानुको सट्टा ढलसहितको बाढीले सडक भरिएका थिए ।

आधा घण्टा भन्दा कम समयको बर्षाले त काठमाडौंका सडकको अवस्था यस्तो बन्छ भने लामो अवधि पानी पर्ने हो भने अवस्था के होला ?

ढलहरुको सरसफाई र मर्मतसंभारमा ध्यान नदिंदा छोटो समयको बर्षाले ढलहरु भरिने समस्या देखिने गरेको छ ।

ढल मिसिएको भेलले सडक भरिएपछि सडकमा आवत जावत गर्नेहरुलाई असहज त हुन्छ नै त्यसमाथि पानीकै कारण घन्टौं जाम हुने समस्या पनि भोग्नु पर्दछ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्