काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीको आरोपमा पक्राउ परेको विरोधमा आज पनि पोखरा र चितवनमा प्रदर्शन भएको छ । राजनीतिक प्रतिशोध राखेर लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले सहकारी पीडितलाई न्याय दे, माफियालाई कारवाही गर, भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।…