काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका २७ वटा अलपत्र आयोजनाको पैदल यात्रा गर्ने भएको छ । समयमै निर्माण पूरा गर्न दबाब दिने उद्देश्यले ती रुग्ण आयोजनामा पैदल यात्रा गर्न लागिएको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । रास्वपा केन्द्रीय कमिटी बैठकले रुग्ण आयोजनाको पहिचान गरी दबाब यात्रा गर्ने निष्कर्ष निकालेको हो ।…