Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


प्रदेशको नामाकरण संघीयताविपरित भएको उपेन्द्र यादवको आरोप


598
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामाकरण संघीयता विपरित भएको आरोप लगाउनुभएको छ ।

बुधवार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आयोजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेस प्रदेश बाहेकको नाम संघीयता विपरित राजा महेन्द्रको पथमा नामाकरण गरिएको आरोप लगाउनु भएको हो ।

उहाँले पहिचानमा आधातिर प्रदेश मधेस प्रदेश मात्रै रहेको दाबी समेत गर्नुभयो । उहाँले संघीयता विपरित नामाकरण गरिएकाले नै कोशी प्रदेशको नाम जनताले अस्वीकार गरेको आरोप लगाउनु भयो ।

अध्यक्ष यादवले मधेस प्रदेशको मुख्य चुनौति भ्रष्टाचार रहेको बताउनु भयो । उहाँले प्रदेशको समुन्नत विकासका लागि सुुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गर्न आग्रह गर्नुभयो ।