जुम्ला, जेठ १५ । जुम्लामा लोपोन्मुख हिमाली कालो भालु भेटिएको छ ।जिल्लाको सिंजा पान्डपगुफा गाविस वडा नम्बर–१ रानीसैन जंगलमा स्थानीयले कालो भालुको बच्चा फेलापारेका हुन् ।कालो भालुको बच्चा साढे दुई महिनाको हुनसक्ने अनुमान गरिएको छ ।भालुको बच्चा जाउलाखेलस्थित चिडियाखानामा पठाउने तयारी भइरहेको वन कार्यालय जुम्लाले जनाएको छ ।