Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


बाघ आतंकले स्थानीय त्रसित


0
Shares

पाँचथर, जेठ १५ । पाँचथरको दक्षिणी सराङडाँडाका बासिन्दा बाघको आतंकका कारण त्रसित बनेका छन् ।

सराङडाँडा–५ का भुवनसिंङ आङदेम्बेले खोलाछेउमा पालेका चार बाख्रा बाघले खाएको बताए ।

उनले भने–‘गोठमा बाँधेका बाख्रा हराएपछि हेर्दै जाँदा बाघले खाएको रहेछ, अहिले बाघको आतंकले गर्दा सबै बाख्रा घरमै ल्याएर राखेको छु ।’

अहिले त्यस क्षेत्रका स्थानीयबासीले खोला छेउछाउमा रहेका गोठ धमाधम सार्न थालेको स्थानीयकासी चन्द्र भट्टराईले बताए ।

यस्तै, छिमेकी गाविस माङजाबुङमा पनि बाघ आतंकले गर्दा स्थानीयबासी त्रसित बनेका छन् । रासस