काठमाडौं, असार ३ । न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । न्याय क्षेत्रमा पुर्याएको योगदानको कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दिएका हुन् । सिद्दिकी मुस्लिम समुदायबाट हिन्दुशास्त्रअन्तर्गतको ‘मनुस्मृति’ मा गत वर्ष…