मोरङ, असार १४ । मोरङको विराटनगर–५ खार्जी चोकमा मंगलबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक दम्पतीको मृत्यु भएको छ ।इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को१ख ४३२६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को२५प ३९३९ नम्बरको मोटरसाइकललाई मध्याह्न ठक्कर दिँदा मोरङ तेतरिया–३ का मोटरसाइकलचालक तुलाराम थारु र उनकी पत्नी सीताकुमारी चौधरीको मृत्यु भएको हो ।ठक्करबाट…