Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


‘नक्कली प्रमाणपत्रधारी’ डाक्टरको निवेदन सर्वोच्चद्धारा खारेज


0
Shares

काठमाडौं, असार १३ । सर्वोच्च अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका १० चिकित्सकले दायर गरेको रिट निवेदन खारेज गरेको छ ।

कामु प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका चिकित्सकले दायर गरेको निवेदन खारेज गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

आदेशमा भनिएको छ–‘थुनामा भएका नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ भएका चिकित्सक गैरकानुनी र बद्नियतपूर्ण पक्राउ परेको भन्न सकिने अवस्था देखिँदैन ।’

नक्कली प्रमाणपत्रका आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट पक्राउ परेपछि चिकित्सकले आफूहरुलाई गैरकानुनीरुपमा थुनामा राखेको उल्लेख गर्दै संयुक्तरुपमा निवेदन दायर गरेका थिए ।

निवेदन दिने चिकित्सकमा रामकुमार प्रधान, विनिता पाण्डे, सरोज घिमिरे, पन्नलाल पटेल, मोहम्द रुहुल्लाह, श्रीराम घिमिरेसहित थिए ।

यसैबीच, काठमाडौं जिल्ला अदालतले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका चिकित्सकलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । रासस

फाइल फोटो