Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


४ लाख ३५ हजार नक्कली नोटसहित दुई पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले सिरहाबाट ४ लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-१९ का ३० वर्षीय मोहम्मद ओसिन र लहान नगरपालिका-१० का २२ वर्षीय मोहम्मद राज शेख रहेका छन् । सिरहाको लहान नगरपालिका-८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकबाट उनीहरू पक्राउ परेका हुन् ।…