घटनाको अनुसन्धान गर्दा हालसम्म तिवारीको हत्यामा मनोज पुनकै संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो । रुपन्देहीको देवदह नगरपालिका–६ स्थित खैरनी बजारमा सोमबार दिउँसो साढे तीन बजेतिर तिवारीमाथि गोली प्रहार भएको थियो । रातो पल्सर मोटरसाइकलमा आएका दुईजनाले तिवारीमाथि गोली हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । त्यसलगत्तै नजिकैको देवदह मेडिकल कलेजमा पुर्याइएकोमा…