लागुऔषध तस्कर भएको सूचनाको आधारमा महानगरीय अपराध अनुसन्धान ब्युरोको टोली सोमबार दिउँसो उनको घर खानतलासी गर्न गएको थियो । प्रहरीलाई देखेपछि घरको छतबाट हामफालेर भाग्दै केही पर पुगेका प्रवीणमाथि प्रहरीले चलाएको गोली लागेको थियो । प्रवीणले घरबाटै दुईओटा पेस्तोलले प्रहरीलाई ताक्दै भागेको र आफैंलाईसमेत ताकेको दाबी प्रहरीले गरेको छ । दाहिने कन्चटमा गोली लागेका २४…