जनकपुरधाम । मोबाइलका लागि आफ्नै साथीको हत्या गरेको आरोपमा जनकपुरधामका दुई युवक पक्राउ परेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २४ सोनापारा बस्ने २० वर्षीय हरिचरण मण्डल र अन्दाजी २१ वर्षीय पवन सहनीलाई आफ्नै साथी स्थानीय रुपेश महराको हत्या आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार बिहान सार्वजनिक…